नेपालले पहिलोपटक समलिङ्गी विवाहलाई सरकारी मान्यता दियो

पोखरा । पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । पहिलोपटक लमजुङको दोर्दीमा
समलिङ्गी विवाहको दर्ता गरिएको हो ।

लमजुङको दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले बताएको छ । विशेषगरी राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले उल्लेख गर्नुभयो ।

उहाले भन्नू भयो ‘उहाँहरू पहिले पनि आउनुभएको थियो । समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्कायौँ, ‘पछि मन्त्रालय, विभागमा पुग्नुभएछ । विभागको पत्र पाएपछि दर्ता गरिएको हो ।’ सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको उल्लेख गर्नुभयो । यद्यपि दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको थियो  ।

विशेषगरी विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सोहीअनुसार अस्थायी अभिलेख रहने पालिकाले बताएको छ । ‘यसअघि विवाह दर्ताको किताब जसरी राखिएको छ, त्यसैगरी सुरक्षित राख्छौँ,’ लामिछानेका अनुसार, ‘विभागले अस्थायी अभिलेख भनेकोले प्रमाणपत्रमा अस्थायी अभिलेख लेखिएको हो ।’ उहाँहरुले निकै संघर्षबाट पहिलोपटक विवाह दर्ता प्रमाणपत्र पाउँदा खुसी लागेको सुरेन्द्रले जानकारी दिनु भयो ।

अब आगामी दिनमा दुवै जनाले यही संस्थाबाट वैवाहिक समानताका लागि लड्ने र अभियान चलाउने योजना रहेको जानकारी दिइए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार