राजनीतिमा दह्रो खुट्टा टेक्न मधेसमा आए – रवि लामिछाने

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेसमा सरुवा गरेका छन् । विशेषगरी पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने  यात्रामा रहेका छन् ।

यस्तै पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधनसमेत गरेका छन् । यद्यपि लामिछानेले पर्साको वीरञ्जगमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

विशेषगरी आज नेपाली राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै ‘यो देशको भविष्य र मधेसको भविष्य बनाउन एकसय एक सक्षम युवा लिएर अगाडि बढ्छौँ भन्नुभयो । मधेसका मुद्दालाई विगतमा पनि महत्त्व दिए पनि आफूलाई मधेस विरोधी भनिएको लामिछानेले आक्रोश पोख्नु भयो ।

उहाँले ‘मलाई पहिलेदेखि मधेस प्रति सहिष्णु छैन । मधेसप्रति चासो राख्दैन । मधेस विरोधी हो भनेर आरोप लगाइन्थ्यो । तर, मैले टेलिभिजनमा सबैभन्दा बढी मधेसको मुद्दा उठाउँथेँ,’ उनले भने, ‘चाहे मिटरब्याजीको कुरा होस, चाहे विदेशमा अलपत्र परेका युवालाई नेपाल ल्याउने कुरा होस् भनेर बताउनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार