एमाले युवा संघको आन्दोलन स्थल परिवर्तन

काठमाडौँ । आज नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको बताएको छ ।

विशेषगरी सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले पनि  कार्यक्रमको ठाँउ सारेको हो ।

यता युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको बताएका  छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार