काठमाडौं । एसिया व्यासिफिक क्वालिटी अर्गनाइजेसन APQO ले नेपालमा नेपालीका लागि बिशेष छुटको प्याकेज सहित अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
न्यूजीलाण्डको अकल्याण्डमा मुख्य कार्यालय भएको सो सँस्थाको २८ औं अन्तराष्ट्रिय सँस्करण नेपालमा हुन लागेको हो । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका लगभग २०० जना सहभागिहरू हुनेछन् ।
नोभेम्बर महिनाको १७ र १८ तारिकका दिन होटल र्याडिसनमा हुन लागेको सम्मेलनमा नेपाली सहभागिहरूका लागि भने सहभागिता शुल्क भने अमेरिकी डलर २५० तोकिएको छ भने बिदेशी सहभागिहरूका लागि भने ५२५ देखि ५९० शुल्क तोकिएको छ ।
गुणस्तर सम्बन्धी पेशाकर्मी तथा उद्योगपतिहरूका लागि अति नै उपयुक्त यो सम्मेलन नेपालमा गर्नुले नेपालीहरूका लागि बिदेश जाँदा लाग्ने खर्च जोगिनुका साथै समयको बचत हुने तथा बिदेशी सहभागिहरूसँग अन्तरकृया गर्न पाउने मौका मिल्ने सो सँस्थाकी अध्यक्ष माङ्गलिका डा सिल्भाले बताउनु भयो । साथै पर्यटन व्यावसायीका लागि पनि यो सम्मेलन अनि नै उपयुक्त हुने पनि बताउनु भयो ।
नेपालमा हुने यस्ता सम्मेलनले गुणस्तर सम्बन्धी जनचेतना फैलने र उद्योगी व्यवसायीमा गुणस्तर सम्बन्धी जानकारी हुने कुरा नेसनल सर्टिफिकेसन तथा म्यानेजमेन्ट प्रा.ली. का अध्यक्ष तथा सिइओ डा. जनार्दन घिमिरेले बताउनु भएको छ ।

सो सम्मेलनमा गुणस्तर क्षेत्रमा काम गरिरहेका तथा अन्य क्षेत्रका विभिन्न अन्तरष्ट्रिय व्यक्तित्वहरूलाई पुरस्कार दिने कार्यक्रम रहेको छ ।
https://conference.apqo.global/