एआईका नकरात्मक असरहरू

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को केही सकरात्मक पक्षसँगै नकारात्मक पक्षहरू पनि छन् । आधुनिक दिनियाँलाई एआईमा रमाउने बानी परेको छ । यसले गर्दै आएको नकारात्मक असरको व्याखा गरिराख्नुको कुनै तुक छैन । यसबारे पूरा विश्व जानकार छन् ।

भौतिकशास्त्री स्टीफन हकिङले भनेका छन् कि, “एआईको बढ्दो विकासले हाम्रो सभ्यताको अकल्पनिय नोक्सान गर्नेछ ।” त्यस कारण हामी बुझ्न सक्छौँ कि यो कति खतरनाक छ । हामीलाई थाहा छ । एआईले हामीलाई कैयौँ कुरामा मदत गरेको छ । हामी उसले गरेको मदतमा मख्ख परेर बस्छौँ । तर हामी जान्न चाहदैनौँ कि यसको वेवास्ताले हाम्रो दैनिक जीवनमा कति असर गरिरहेको छ । यसले असीमित मद्दत गरेको भएपनि यसलाई गरेको वेवास्ताले हाम्रो सभ्यता नै नष्ट गरिदिनेछ ।

यहाँ केही प्रमुख समस्याहरू यहाँ छन्ः

१ पूर्वाग्रह

एआईको एल्गोरिदमहरू मानिसद्वारा निर्मित भएकाले तिनीहरूले पनि जानाजानी वा अनजानमा तिनीहरूलाई एल्गोरिदममा परिचय गराउँछन् । यिनीहरू पूर्वाग्रहको साथ बनाइएका हुन्छन् । उनीहरूलाई केही सिकाउनको लागि अनेकौँ डेटाहरू प्रयोग गरिएको हुन्छ । उनीहरूले बिस्तारै पक्षपातपूर्ण परिणामहरू उत्पादन गर्नेछन्। कम्पनीहरूले एआई एल्गोरिदमहरूको निर्माण गर्दा तिनलाई जिम्मेवारीपूर्वक विकसित र प्रशिक्षित बनाउन आवश्यक छ।

२ रोजगार गुम्ने खतरा

आर्टिफिसियल इन्टेलिजेन्सले धेरै रोजगारीरको बाटो सिर्जना गरिदिए पनि उत्तिकै मात्रामा यसले कैयौंको रोजगारी खोस्दै आएको छ । जसकारण विश्वमा वेरोजगार र डिप्रेसनका बिरामीहरू बढ्दो क्रममा छन् ।

३ मानविय स्वभावमा परिवर्तन
यसको प्रभाव बढेसँगै मान्छेमा अल्छेपना र विविध रोगहरू बढ्न थालेका छन् । जुन हाम्रो आँखाले देखिरहेकै छ ।
हाम्रो संसार टेक्नोलोजीका कारण पहिले भन्दा धेरै सानो ठाउँमा आएको छ । हामी अब एकअर्काबाट अलग्गै नरहेको हुनाले, एउटा देशको आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कार्य र निर्णयहरूले अरूलाई सजिलै प्रतिकूल असर पार्न सक्छ।

इलेक्ट्रोनिक फोहोरको वृद्धि
सन् २०५० सम्म, विश्व आर्थिक मञ्च (WEF) ले उत्पन्न हुने कुल विद्युतीय फोहोरको मात्रा १२ करोड मेट्रिक टन नाघ्को प्रक्षेपण गरेको छ । वातावरणीय प्रदुषणबाट बच्न र खतरनाक यौगिकहरूको बिस्तारलाई न्यूनीकरण गर्न यसको उचित व्यवस्थापन र रिसाइक्लिंग आवश्यक छ। एआई-सम्बन्धित इलेक्ट्रोनिक फोहोरको सुरक्षित प्रशोधन र पुन: प्रयोग सुनिश्चित गर्न र यसको नकारात्मक वातावरणीय प्रभावहरूलाई उल्लेखनीय रूपमा कम गर्न थप कडा कानुन बनाउन आवश्यक छ।

प्राकृतिक इकोसिस्टममा प्रभाव
ड्राइभरलेस अटोमोबाइल र डेलिभरी ड्रोन जस्ता एआई एपले जनावर र प्राकृतिक वातावरणलाई खतरामा पार्छ ।
कृषिमा एआईको बढ्दो प्रयोगले कीटनाशक मलको अत्याधिक प्रयोगले माटो, पानी र जैविक विविधतालाई हानि पुर्‍याउन सक्छ। यसको अनियन्त्रित उत्पादन बढाउनु कृषि क्षेत्र ध्वस्त बनाउनु हो । साथै वन्यजन्तु र पसुपन्छि जगतमा पनि यसले अपल्पनिय असर पारिरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार