२५० यात्रु लिएर इजरायलबाट विमान काठमाण्डौं आउँदै

काठमाडौं, हमास समूहको आक्रमणपछि त्यहाँ रहेका विद्यार्थी लिन इजरायल पुगेको नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ ।

इजरायलबाट २५० जना नेपाली लिएर जहाज काठमाडौंका लागि उडेको हो ।

इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो।

उक्त विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ।

इजरायलमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको विमान उद्धारका लागि इजरायल पठाइएको हो। वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन्।

इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी नेपालीसहित हजारौं अपलपत्र परेका छन्।

सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो। जसमध्ये नेपाल आउन चाहेका २५० जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो। हमासले गत शनिबार गरेको हमलामा परेर १० जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाएका १० जनाको शव भने तत्काल नेपाल ल्याउन नसकिने सरकारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार