सृजनाका बीज अझै रोप्न बाँकी छ

तिमीसँग जिउने कला सोध्न बाँकी छ
जिन्दगीका हरहिसाब खोज्न बाँकी छ

मेटिएका छैनन् भावी योजनाका स्रोत
सँगै हिँड्ने बाटो एउटा सोच्न बाँकी छ

मनमा आँट रहर भए नहुने केही छैन
परिश्रमले खेतबारीमा जोत्न बाँकी छ

गाह्रै हुन्छ तौलिन यो मायाको तौल
विश्वासको तराजुले जोख्न बाँकी छ

चाहेका त पाएका छौ छ रहरको थुप्रो
सृजनाका बिज अझै रोप्न बाँकी छ

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

">

गजलकार श्रीराज खरेल

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार