कति निष्ठुरी तवरले छाडेर गयौ
आफ्नै वाचा देखि हारेर गयौ
भन्थौ यो जीवनमा शीतलता छाओस्
तर पीडा माथि आगो बालेर गयौ
सहज नयनमा फूलको सुवास भरेर
आँसु रुपी मालाहरु गाँसेर गयौ
आयौ प्रेम रुपी यो सागरभित्र
दिल चोरी अनायासै भागेर गयौ
तिम्रो नाम लिदा मात्रै मै हुन्थें खुसी
यो खुसीको वन तर फाँडेर गयौ