भोलि श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ । भोलि श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउनु हुनेछ । उहाँ नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन भोलि  काठमाडौँ आउनु हुनेछ ।

विशेषगरी परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । यद्यपि संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका विज्ञप्तिमा भनिएको छ ।

यस्तै संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले बताएको छ ।

उहाको तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार