मध्यरातमा सुतिरहेका सर्वसाधारणलाई युवा संघले खेदायो

काठमाडौं । हिजो राति दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाएको दृश्य बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भैइ रहेको छ ।

उक्त भिडियोमा आफूलाई यूवा संघका कार्यकर्ता भन्ने समूहले दुर्गा पर्साइको आन्दोलनमा आएको हो भन्दै जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको देखिन्छ।
यस्तै ‘जहाँबाट आएको हो उतै फर्कनुस् मध्यरातमा धम्कीपूर्ण शैलीमा भनिएको छ ।

अहिले उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको आलोचना सुरु भएको छ। घटनाको आलोचना गर्दै कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाईँको कार्यक्रमलाई सहयोग गर्ने समेत जानकारी दिइएका छन् ।

तर, सामाजिक संजालमा आलोचना भएपछि युवा संघले भने उक्त काम आफूहरुको नभएको दावी गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार