जहाज बेच्दै नेपाल एयरलायन्स

काठमाडौँ । घाटामा रहेका ५ चिनियाँ जहाज बेच्न नेपाल एयरलाइन्सले टेण्डर आह्वान गरेको छ । विशेषगरी चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्रमा भनिएको छ ।

यस्तै एयरलाइन्सले २ वटा एमए–६० जहाज र ३ वटा वाई–१२ ई विमान बिक्रीका लागि बोलपत्रमा उल्लेख गरिएको छ । आज आह्वान गरिएको बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म रहेकोे छ ।

उक्त बोलपत्रमा ‘इच्छुक कम्पनीहरुलाई जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन खुलाएको छ,’ एयरलायन्सले भनेको छ, ‘कूल ५ जहाजको बिक्री अक्सनमार्फत हुनेछ ।’ र, आएका सम्पूर्ण आवेदनलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार एयरलायन्ससँगै रहेको समेत उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार