नेपालमा पर्यटनको सम्भावना

पर्यटन शब्द मानवसभ्यता र मानवजीवन जत्तिकै पुरानो विषय हो। ‘पर्यटन’ शब्दको शाब्दिक अर्थ भ्रमण गर्नुलाई नै बुझाउछ । विशेषत: कुनै एक ठाउँका मानिसले अर्को ठाउँका रमणीय दृश्यहरूको अवलोकन गर्न प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका तीर्थस्थलहरूको भ्रमण गर्न नितान्त निजी भ्रमणका रूपमा जाने गर्दछ । अर्थात् विशुद्ध मनोरन्जनका लागि निजी खर्चमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यद्यपि पर्यटकहरुलाई सःशुल्क घुमाउने, आवाशको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पनि पर्यटन भन्ने गरिन्छ ।

विश्वका १० विश्व सम्पदा सूचीमा परेका सम्पदा नेपालमा रहेका छन् । संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, लगायतका ८ वटा ८००० मिटर भन्दा माथिका हिमाल नेपालमै छन् । यस्तै उत्कृष्ट पदयात्रामा पर्ने अन्नपूर्णका हिम श्रृंखलाका साथै तराइका फाँट र घना जंगल हुनु, भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीका साथै पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्ड लगायतका धार्मिक स्थल हुनु, पवर्तारोहण, पदयात्रा, रयाफटिङ, जंगल सफारी, लगायतका साहसीक  गतिविधिको लागि उपयुक्त वातावरण नेपालमा नै रहेका छन् । पछिल्लो समय नेपालमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन लगायतका नरम साहसी गतिविधिको अन्तर्राष्ट्रिय संगम स्थल बनाउनाले पर्यटकहरु निकै मात्रा आउन थालेको अनुमान लगाउन सकिन्छ । नेपाल अनुपम धरातलीय, जैविक, सांस्कृतिक विविधताको खानी हुनु पर्यटकका लागि ठुलो वरदान पनि हो । नेपालमा संस्कृति, रीतिरिवाज, परम्परा र धार्मिक मान्यता लुकेका रङ्गीचङ्गी पक्षहरूको ज्ञानार्जनका रूपमा लिन सकिन्छ । जसको माध्यम बाट एक ठाउँका मानिसले अर्को ठाउँका प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्वका स्थानहरूका बहुविध रूपहरूको रहस्य बुझ्ने हुनाले पर्यटनको ठुलो महत्त्व राख्दछ । तसर्थ नेपाली भूमि पर्यटनउद्योगका दृष्टिले उर्वर छ ।

विशेषगरी हिमालयश्रृङ्खलाका सौन्दर्यको अवलोकन गर्न, संस्कृति भित्र लुकेका अनन्त रहस्यम कुराहरू बुझ्न र प्रकृतिका काखमा एकाकार हुँदै चरमानन्द लिन विदेशीहरु नेपाल आउने गर्दछन् । राज्यले यसका लागि विभिन्न ट्राभल एजेन्सीहरू, पर्वतारोहणसम्बन्धी संघ-संस्थाहरू नदीयातायात (न्याफ्टिङ) र पैदलयातायाको व्यवस्था सरकारले मिलाउन सक्नुपर्छ । यसो हुँदा कुनै पनि राष्ट्रभित्र धेरैभन्दा धेरै व्यक्तिले रोजगारको सुवर्ण अवसर ठुलो मात्रमा हुनेछ । यस्तै पर्यटनक्षेत्रमा दरिलो विकास भएका खण्डमा त्यसले राष्ट्रको यातायात सञ्चार, स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी, वातावरण-संरक्षण आदि क्षेत्रसँग सम्बन्धित विकासका द्वारहरू पनि विस्तार गर्दै लैजान सकिन्छ । जसबाट नेपालको आर्थिक स्थिति अलि राम्रो हुन सक्छ । पर्यटकहरुले नयाँनयाँ प्राकृतिक सौन्दर्यको आनन्द लिन र आफ्ना अनुभवको भण्डारलाई समृद्ध पार्न सकिने भएकाले पर्यटनको महत्व अतुलनीय छ ।

पर्यटन राष्ट्रिय अर्थतन्त्रको पनि मेरुदण्ड हो । पर्यटनलाई हाम्रो मुलुकमा पनि एउटा उद्योगका रूपमा स्वीकार गर्न सक्नुपर्छ । पर्यटनको माध्यम बाट एकातिर रोजगारी प्रवर्द्धनमा र अर्कातिर विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौ । हामीकहाँ सगरमाथा, हिमबृखला, अनेको निकुञ्ज, आरक्ष, ताल, छाँगा र छहराहरूको सुरम्य देश नेपाल विदेशी पर्यटकहरूको आनन्दको भोक मेटाइदिने एक सुन्दर मुलुकका रूपमा लिन सक्छौ । विशेषगरी बर्सेनी पर्यटकहरू आउँछन्, यहाँ महंगा होटलहरूमा बन्छन्, पैसा खर्च गर्दछन् र नेपाली ढुकुटीमा रकम संकलन हुने गर्दछ । जसले गर्दा नेपालको अर्थतन्त्रलाई समृद्ध पार्न अहम् भूमिका खेल्दछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार