मंसिर ७ को आन्दोलनले ठुलो आतंक मच्चाउने

काठमाडौं । मुलुकमा पछिल्लोपटक समाजमा पीडामा परेका, साहू महार्जनबाट ठगिएका, लुटिएका, आफन्तको हत्या आरोपीलाई पक्राउ गर्न अनसन बसेका नागरिकको मागलाई सुन्न वेवास्ता गर्ने सरकारलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनले ठुलो आतंक मच्चाउने काम भएको छ ।

यता सुरक्षा चुनौति भन्दै सरकारले हरेक संयन्त्रलाई अलर्ट राखेको छ । विशेषगरी मंसिर ७ लाई आन्दोलनको भव्य तयारी गरिरहेको नेकपा एमाले र प्रसाईंलाई थेग्नका लागि राज्य पूर्ण रुपमा लागिरहेको छ । आज सरकारले मङ्सिर ७ मा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय गरेको छ ।

यस्तै दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका छन् । मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने भएका छन् । अर्कोतिर युवा संघले पनि ठुलो संख्यामा कार्यकर्ता उतार्ने बुझिएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनताका असन्तुष्टिहरुलाई समातेर व्यवस्था बदल्ने गिरोह सक्रिय भएकोले मंसिर ७ लाई सरकारले गम्भीर रुपमा लिएको प्रष्ट पार्नु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार