सूदुरपश्चिम सरकारले इजरायलमा ज्यान गुमाएका परिवारलाई राहत दिने

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ ।

गत हप्ताको सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै शव ल्याउन सहजीकरण गरिदिन संघ सरकारलाई अनुरोध गरेका थिए । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । जसमध्ये ७ जना सुदूरपश्चिमबाट अध्ययनका लागि गएका विद्यार्थीहरू थिए । इजरायल युद्ध अझै जारी छ ।

सरकारले हिजो सोमबार मन्त्री परिषदको वैठकमा इजरायलमा ज्यान गुमाउनेका परिवारलाई दस लाख राहत दिने घोषणा गरेको छ । इजरायल घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति सरकारले आज राष्ट्रिय शोक घाेषणा गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार